प्रचारमा निस्किएका वैरागी र पहारीसँग पिचबाटो र पानीको माग
पाेखरा | कात्तिक २१, २०७९
कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् ।
सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए ।
‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे ।
घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए ।
घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

